काठमाडौं । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकका रुपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ। उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको छ।
स्राेतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए।
शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन्। उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरुले असन्तुष्टि जनाएका थिए। उक्त कुरा सञ्चारमन्त्री हुँदै शिक्षामन्त्रीसम्म पुग्यो। मन्त्रीले चासो देखाए। परीक्षा सुरु हुनु २ दिन अघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए। शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो। नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो। तर, शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादाविपरित परीक्षाका काममा पटक–पटक सहभागी हुँदै आएका छन्। याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह