काठमाडौं : हिरासतमा रहेका एक युवालाई भेट्न गएका उनका साथीहरू उल्टै पक्राउ परेका छन्। कारण हो- लागु लागुऔषध मुद्दामा हिरासतमा रहेका साथीलाई लगेको उपहार । प्रहरी हिरासतमा रहेका साथी भेट्न गएका उनीहरूले उपहारबापत लागुऔषध नै लगेका थिए ।
लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई दिन लागुऔषध ल्याएको थाहा भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कालिकोटका नवीन शाहीलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा ललितपुर ईमाडोल बस्ने पुजन बम ठकुरी र झापा दमकका धर्मेन्द्र लिम्बु सोमबार भेट्न पुगेका थिए।
नवीनलाई दिन भनि लगेको दुई वटा चाउचाउको पोकाभित्र उनीहरूले चलाखी गरी लागुऔषध लुकाएर लगेका प्रहरीले जनाएको छ। लागुऔषध लुकाउन पुजन र धर्मेन्द्रले चाउचाउको पोका फोरेर लागुऔषध लुकाएर फेरि सुपर ग्लुले टालेका थिए ।
प्रहरीले शंका लागेर खोलेर हेर्दा १५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला परेको थियो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीको आँखा छल्न चाउचाउको पोका भित्र लागुऔषध पठाएको पाइएपछि पूजन र धर्मेन्द्रलाई पक्राउ गरिएको हो। उनीहरू विरुद्ध महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । सुवास गोतामे/अन्नपूर्ण पोष्ट
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’