काठमाडौं । चंगेज खानको नाम धेरैले सुन्दै आएका छन् । उसको क्रूरता र युद्ध कुशलताको विषयमा धेरैलाई राम्रो ज्ञान पनि छ । उनको इतिहास सबैभन्दा ठुलो आक्रमणकारी किसिमको थियो । उक्त क्रूर शासकबारे केही कहानीहरु यहाँ उल्लेख गरिएको छ – चंगेज खानको मंगोलियन नाम चिंगिज खान थियो । उनले मंगोलियाको साम्राज्य विस्तारमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी आफ्नो संगठन, शक्ति बर्बरता तथा साम्राज्य विस्तारको लागि प्रसिद्ध थिए । यसभन्दा पहिला कुनै पनि ययावर जातिको व्यक्तिले यति ठुलो विजय यात्रा गरेको थिएन ।
चंगेज खानको जन्म ११६२ को आसपासमा आधुनिक मंगोलियाको उत्तरी भागमा ओनोन नदीको नजिकै भएको थियो । चंगेज खानको जन्म भएपछि भविष्यवाणी गर्नेले उनलाई निकै ठूलो शासक हुने भविष्यवाणी गरेका थिए । सुरुमा उनको नाम तेमुजिक राखिएको थियो ।
यी क्रूर शासकले आफ्नी पत्नी छुटाउनका लागि धेरै युद्ध गर्नुपरेको थियो । उनका पिताले विरोधी कबीलेकी होयलनलाई अपहरण गरेर विवाह गरेका थिए । केहीस् दिनपछि उनका पिताको हत्या गरिएको थियो । १२ वर्षको उमेरमा तिमुजिनको विवाह बोरतेसँग गरिएको थियो । उनकी पत्नी बोरतेको पनि विवाहपछि अपहरण भएको थियो । त्यसपछि उनलाई फिर्ता ल्याउनका लागि उनले धेरै युद्ध लडेका थिए ।
चंगेज खान भारत पनि आएका थिए । सिन्धु नदीको किनाराबाट दिल्लीका राजाले हार स्वीकार गरेसँगै उनी फर्किएका थिए । उनको योजना बीच भारत हुँदै मंगोलिया फर्किनु रहेको थियो तर बिरामीको कारण त्यसै फर्किएका थिए ।
केही इतिहासकारका अनुसार चंजेग खानले आक्रमण गरेको समयमा इरानमा जति जनसंख्या थियो, त्यसलाई फिर्ता पाउन ७५० वर्ष लागेको थियो । यस्तोमा चंगेज खान कति क्रूर निर्दयी थिए भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।
यी क्रूर शासकले जीवनभरको लडाइँमा लाखौं मानिसहरुलाई मारेका थिए । यहाँसम्म कि उनी जहाँ जान्थे त्यहाँ अलिकति पनि विरोधको स्वर सुनियो भने आसपासको इलाका पनि रगलतले भरिदिन्थे । यस किसिमको क्रूरताको कारण पश्चिम एसियाका राजाहरु पनि उनीसँग निकै डराउँथे ।
उनको अधीनता स्वीकार गरेर सबै राजाहरुले उनलाई चंगेज खान (समुद्रको राजा) उपाधि दिएका थिए । चंगेज खानको विश्वको २२ प्रतिशत क्षेत्रमा कब्जा थियो । आफ्नो अधिकांश जीवन युद्धमा बिताएका चंगेज खानको मृत्यु १२२७ मा भएको थियो । एक अनुमान अनुसार उनले जीवनकालमा ४ करोड मानिसहरु मारेका थिए ।
चंगेज खानबारे अर्को महत्वपूर्ण पक्ष चीनको पर्खाल पार गरेर लुट्नु, जीवनको आखिरी समयमा इस्लाम धर्मलाई स्वीकार गर्नुजस्ता विषय पनि रहेका छन् । चंगेज खान पश्चिमी एसियामा विजयको क्रममा इस्लाम धर्मको सम्पर्कमा आएका थिए । साथै उनले इस्लाम धर्म स्वीकार पनि गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’