एजेन्सी : भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी अहिलेसम्म जारी छ । यसका लागि थल सेनाको पनि मद्दत लिइरहेको बीबीसीले बताएको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट हराएको थियो । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार रातभारी खोजी अभियान चलिरहेको छ ।
यो खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।
यसबाहेक भारतीय वायुसेनाका विभिन्न अन्य सरकारी र सिभिल एजेन्सीको मद्दत पनि लिइएको छ । युसेनाका प्रवक्ताका अनुसार रातभरी विभिन्न समूहले खोजी गरिरह्यो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भाइस चिफ एयर मार्शल राकेश सिंह भदौरियासँग कुरा गरेर खोजी अभियानबारे जानकारी लिइरहेको बताए ।
१३ व्यक्तिसहित असमको जोरहाटबाट उडान भरेको एएन–३२ विमानको ३५ मिनेटपछि नै रडारबाट सम्पर्क टुटेको थियो । भारतीय सेनाका प्रवक्ता विंग कमान्डर रत्नाकर सिंहका अनुसार विमानमा चालक दलका आठ सदस्यसमेत १३ व्यक्ति सवार थिए । उनीहरु सबै वायुसेनासँग सम्बन्धित भएको बताइन्छ ।
प्रवक्ताका अनुसार विमानले जोरहाटबाट दिउँसो १२ बजेर २५ मिनेटमा अरुणाञ्चल प्रदेशको मेचुका एडभान्स ल्याण्डिङ ग्राउन्डका लागि उडान भरेको थियो तर केही समयपछि नै विमानको सम्पर्क टुट्यो । विमानको एयर ट्राफिक कन्ट्रोल अर्थात् एटीसीसँग अन्तिम सम्पर्क दिउँसो एक बजे भएको थियो ।
एएन ३२ अर्थात् एन्तोनोव ३२ विमान सैन्य सरसामान बोक्ने विमान हो । भारतीय वायुसेनाले यसलाई सन् १९८४ देखि प्रयोग गरिरहेको थियो । यसलाई युक्रेनको एन्तोनोव स्टेट कर्पोरेशनले डिजाइन गरेको हो । एएन ३२ लाई विश्वासिलो विमान मानिन्छ र भारतीय वायुसेनाले आफ्ना विभिन्न अभियानमा यसको प्रयोग गरिसकेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’