चितवन ।चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको सुरक्षाका लागि लगाइएको जस्ताको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेकामध्ये १४ जना रिहा भएका छन् । पक्राउ परेका मध्ये चार जनालाई प्रहरीले छाडेको छैन ।
हाजिरी जमानीमा आवश्यकताअनुसार बोलाउने गरी १४ जनालाई छाडिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बाँकी ४ जनालाई थप अनुसन्धान गर्नुपर्ने भएकाले नछाडिएको बताए ।
प्रहरीका अनुसार तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपिन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ जमानीमा छुटेका हुन् ।प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके गरी चार जना प्रहरी हिरासतमै रहेका र उनीहरुको थप अनुसन्धान भइरहेको रेग्मीले बताए
।जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर उनीहरुलाई थुनामा राखिएको छ । अभियोग प्रमाणित भए तीन वर्ष जेल, ३० हजार जरिबाना र क्षतिपूर्ति भराउने सजाय हुने कानुनी व्यवस्था रहेको छ ।रंगशाला निर्माणस्थल वरपरका स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका छन् ।
स्थानीयले रंगशालाको सिमानामा पर्ने सडक बाटो फराकिलो बनाउने विषयलाई लिएर बनेको संरचनामा डोजर लागाएका थिए । विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग उनीहरुको छ । विश्वविद्यालयबाट जग्गा प्राप्त भैसकेपछि फाउण्डेशनले २० बिगाहा ६ कठ्ठा जग्गामा जस्ताको बार लगाउने क्रममा बस्ती क्षेत्रमा विवाद भएको थियो । बस्ती र रंगशालाको सिमानामा ७ मिटरको सडक बाटोलाई केही स्थानीयले ३१ मिटरको बनाउनुपर्ने माग गर्दै आएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु