जनकपुर–सामूहिक बलात्कारकोे शिकार भएकी धनुषाको बटेश्वरकी एक किशोरीको स्वास्थ्यअवस्था गम्भीर रहेको छ । बलात्कृत भएपछि मानसिक रुपमा विच्छिप्त ती किशोरीको मुटुमा पनि समस्या देखिएपछि अहिले जनकपुर अञ्चल अस्पताल स्थित शहिद गंगालाल हृदय केन्द्रमा उपचार भईरहेको छ ।
गत फागुन ११ गते साँझबाट घरबाटै हराएकी किशोरीमाथि ३ महिनासम्म भारतमा बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलासा भएको थियो । पीडित किशोरीलाई मुज्जफरपुरमा एक महिलाले समस्यामा परेको देखेपछि भाग्नमा सहयोग गरेकी थिइन् । घटनामा संलग्न मध्ये कोही पनि पक्राउ पर्न नसकेको र घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडलेले बताए ।
यता धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दोषीमध्ये कोही पक्राउ नपरेपनि महोत्तरी लोहारपट्टी नगरपालिका वडा नम्बर २ स्थित सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाकारी गराए । उनले दोषीहरुको खोजी तीव्र पारिएको बताए ।
यसैबीच किशोरीको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यका साथ रतौली युवा क्लवका अध्यक्ष बैद्यनाथ ठाकुरले आर्थिक सहयोग प्रदान गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ