काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्रा्ष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ । निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ गतेदेखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको बहानामा जापान उडान एक महिना २६ दिन पर धकेलेको हो ।
जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने आउने नेपालीको निम्ति अफ सिजनसमेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नुपरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनका अनुसार सुरुवाती उडान भएकाले सकेसम्म नाफा हुने गरी गर्नुपर्ने हुन्छ । यसका निम्ति करिब २ महिना सार्दा जापानी पर्यटक र नेपालीको आवतजावतको सिजन हुने खरेलको बुझाइ छ ।
निगमले असार १९ को लागि खुला गरेको टिकेट बुकिङ भने अपेक्षाभन्दा निकै कम आएको छ । वर्षा सकिए पनि दसैंको माहोल सुरु हुने र नेपालीको चहलपहल पनि बढी हुने विषयलाई दृष्टिगत गरेर काठमाडौं जापान उडान गर्न लागिएको पनि खरेलको भनाइ छ।
उनका अनुसार यस अघि घोषणा गरिएको असार १९ को समय उडान अनुमतिको आवेदन माग्न मात्र लिइएको हो। यसलाई केही सयम पछाडि सार्दा कुनै असर नपर्ने र जहाज उडानमा थप सहज हुन्छ। जापान उडान सुरु गरेपछि खाली उड्यो भने भन् ठूलो घाटा खानुपर्ने भएकाले अहिले नै सचेत भएर एक महिना अगाडि नै निर्णय गरिएको निगमको भनाइ छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष