सत्तारूढ नेकपा सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई मासिक १ लाख रुपैयाँ तलब दिनुपर्ने प्रस्ताव गरेका छन् । आज सोमबार बसेको संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले कर्णालीमा कर्मचारी नबस्ने भएकाले पनि उनीहरुलाई त्यहाँ टिकाउन तलब बृद्धि गर्नु पर्ने बताएका हुन् । उनले कर्णाली प्रदेशमा कर्मचारी नबस्ने हुँदा उनीहरु टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख रुपैयाँ तलब दिन प्रस्ताव गरे ।
कर्णालीको राजश्व पाँच करोड पनि नरहेको भन्दै आफ्नै श्रोतमा धेरै कर्मचारी राख्न सक्ने अवस्था नरहेको बताए । सबै केन्द्र सरकारले दिएको बजेटले काम चलिरहेको भन्दै कर्णालीको विकासका लागि पनि कर्मचारीको सेवा सुविधा विस्तारको प्रस्ताव गरेका हुन् । हरेक मन्त्रालयका अफिस अनि अरु ८४ वटा अफिसमा दश दश कर्मचारी भर्ना गरेर कसरी काम गर्न सकिने भन्दै त्यसमा टेक्नोलोजीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
तलब बृद्धि गरेर कर्मचारी नपठाए उनीहरु त्यहाँ नबस्ने र दुई महिनामै फर्किने गरेको उनको भनाई छ ।उनले भने “कर्मचारी संख्या थोरै गरेर बढी दिनुपर्यो। त्यसो भयो भने बस्छन र काम गर्छ।” उनले भने जति भर्ना गरेपनि स्थायी नियुक्त बुझेको केही दिनमै सुर्खेत आएर बस्ने गरेको उनको भनाई छ । लोकेसवा आयोगले केन्द्रबाट भर्ती गर्ने कर्मचारी स्थानीय तहमा नबस्ने समस्या रहेको बताए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन