सुर्खेत। साझा विवेकशिल पार्टीले कर्णाली प्रदेश सरकारलाई रातो गाडी उपहार स्वरुप दिएको छ। साझा विवेशशिल पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रकमान्तर गरी गाडी किन्ने कर्णाली सरकारको निर्णयको विरोध स्वरुप गरिब कर्णालीबासीको तर्फबाट उपहार डमी रातो कार प्रदान गरेका हुन्।
आर्थिक वर्षको अन्त तिर कर्णाली सरकारले बजेट खर्च गर्न नसक्दा रकमान्तर गरेर ५४ वटा विलासी गाडी खरिद गर्ने निर्णय गरेको थियो। गाडीहरू प्रदेश सरकारका मन्त्रालय र अन्य निकायका लागि खरिद प्रक्रिया अघि बढाइएको हो।
साझा पार्टीले गरिब भनेर चिनिएको कर्णाली प्रदेशमा जनता तड्पिने र सरकार तथा नेताले ऐस आराम गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएको छ। ८ बुँदे ध्याानाकर्षण पत्र मुख्यमन्त्री शाहीलाई बुझाउदै आगामी बजेटमा युवालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको छ।
त्यसै गरी ध्यानाकर्षण पत्रमा कर्णालीका जनतालाई स्वास्थ्य शिक्षा पूर्ण रुपमा निशुल्क बनाउनु पर्ने, कर्णाली प्रदेशमा मेडिकल कलेजको स्थापना गर्नु पर्ने, सरकारी अस्पताललाई स्रोत साधन र जनशक्तिले भरिपूर्ण बनाउनु पर्ने माग गरिएको छ। ध्यानाकर्षण पत्रमा विकासे बजेट खर्च गर्न नसकेर गाडी किन्नु दर्भाग्य भएको बताइएको छ। साथै विकासे बजेट आर्थिक वर्षको अन्तमा खर्च गर्ने परिपाटी निरुत्साहित गर्न पनि माग गरिएको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने