दार्चुलाको नौगाढ गाउँपालिका(४ मा रहेको गणेशविनायक मावि स्कुलमा शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भाँसिदा ४ बालबालिकाको मृत्यु भएको छ । दिउँसो करिब साढे ४ बजेतिर सेफ्टी ट्यांकीको ढक्कनमाथि खेल्दै गरेका सोही गाउँपालिकाको १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो ।
सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाएको थियो । सोही मैदानमा खेल्दै गरेका ती बालबालिकाको ढक्कन भाँसिदा सेफ्टी ट्यांकीमा परी मृत्यु भएको स्थानीय प्रतापसिंह ठगुन्नाले बताए ।
बालबालिकाको उद्धार गर्न तीन घण्टा
ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेको थियो । ट्याङ्कीमा खसेर मृत्यु भएको बालबालिकाको उद्धार गर्न तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए । ‘माटोसहित बालबालिका ट्याङ्कीमा परेको र वर्षा भएकाले बेलुका मात्रै ट्याङ्कीबाट लाश निकालेर सनाखत गर्न सकियो,’ प्रहरीले जानकारी दिएको हो ।
घटनाको खबर सुन्ने बित्तिकै गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुरजबहादुर खड्काको टोली घटना स्थल पुगेको थियो । यसैगरी वडा अध्यक्ष नन्दनसिह धामी स्थानीय र प्रहरीसँगै उद्धारमा खटिएका थिए ।
शोकाकूल सिप्टी
दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्याङ्कीमा परे भन्ने छुट्याउन सकेनन् । स्थानीयहरु आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्नतिर लागे ।
विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीय छोरी अनुस्का र उनका ४ जना साथीहरु खेलिरहेको स्थानीयले बताएका थिए । अनुस्कासहित सबै बालबालिको लाश पहिचान भएपछि गाउँ नै शोकमा डुबेको छ । ‘विद्यालय जान लागेका बालबालिका खेल्दाखेल्दै विद्यालय परिसरमै मृत्यु भयो, बच्चाहरूको मृत्यु सपना जस्तै भएको छ,’ स्थानीय जयमति धामीले भनिन् ।nayapatrikadaily
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार