काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए । करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो ।
त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् ।
मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए । बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए । ratopati
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ