काठमाडौं । सशस्त्र प्रहरी बल प्रमुख सैलेन्द्र खनालले आफ्नो पुर्खौली घरलाई धर्मसाला बनाउने भएका छन् । गुल्मी जिल्लाको रुरु गाउँपालिका रिडी स्थित आफ्नो पुर्खौली घरलाई स्व पिता डा टिकाराम खनालको स्मृतिमा धर्मसाला बनाउने गरि भएका हुन् ।
गुल्मी पुगेर उनले घरलाई धर्मशाला बनाउन शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्य निर्माण कमिटी गठन गरेका छन् । पुरानो संरचनामा बनेको २ तले घरलाई नयाँ डिजाइनमा धर्मशाला बनाउने बताउँदै स्वर्गीय पिताकै चाहना अनुसार धर्मशाला बनाउने निर्णय गरेको बताए ।
बिहिवारदेखिनै काम सुरु गरी भुकम्प प्रतिरोधी धर्मशाल निर्माणका लागि असारको दोस्रो साता नै शिलान्या गर्ने महानिरिक्षक खनालले बताए । बसाइ अन्त सरेपछि पुर्खौली घरमा धेरै वर्ष देखि खनाल परिवार बस्न छोडेका थिए ।
गत वर्षको १३ असोजमै सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने घोषणा गरेका थिए ।














सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन