काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्नतिर लागेको बताएका छन्। सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने भन्दै अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सोको विरोधमा उत्रिन आग्रह गरे ।
सरकारले दुई तिहाइको बलमा सो विधेयकलाई जबरजस्ती पास गरेमा सरकारकै ‘अरिङ्गाल’बाहेक कोही पनि सुरक्षित नरहने जिकिर गर्दै सांसद थापाले भने, ‘यो विधेयक संसद्बाट पारित हुनु भनेको संविधानको खिलाप मात्र होइन, हाम्रो आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो ।’ उनले सो विधेयकको विरोधमा बोल्न, लेख्न तथा दबाव सृजना गर्न सबैलाई आग्रह समेत गरे ।
आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सरकारले विरोधाभाषी कानुन ल्याउन लागेको आरोप लगाए । उनले भने, ‘विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । यो जिस्क्याउने, झुक्याउने, होच्याउने भन्नुको परिभाषा के हो ? यस्ता अस्पष्ट शब्द राखेर यो विधेयक आयो भने कोही पनि सुरक्षित छैन, अरिंगालहरूबाहेक ।’
उनले आफूलाई मन नपर्दा जोसुकैको पनि मुख थुन्न सक्ने गरी सरकारले कानून बनाउन लागेको उनको आरोप लगाए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’