जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो । पानी र जमिन दुवै स्थानमा सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरिएको सेनाले जनाएको छ ।
गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो । सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको करिब एक साताअघि पानीमुनि (अन्डरवाटर) समेत सेनाले गुणस्तर मापन गरेको थियो । सेनाले विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट ल्याउने गरेको छ ।
सेनाले एक साताअघि सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो । परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको बताए । उनले भने, ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो । उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’