त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो ।
उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको पुष्टि गरेका छन् । अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीहरुले आर्थिक प्रलोभनमा विद्यार्थीको मार्कसिटमा नम्बर तलमाथि गरिदिने गरेका छन् ।
’फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’अख्तियारको उच्च अधिकारीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र भवानीश्वर गौतमले लेखेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’