‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं । त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा शुक्रबार मोबाइल निकाले अनि उक्त फेसबुकमा पोस्ट सांसदहरूलाई पढेर सुनाए ।
जसमा राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना दिवंगत पति मदन भण्डारीको फोटोमा श्रद्धाञ्जली व्यक्त गरिरहेकी छिन् । विकास समितिमा छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक माथि छलफल गर्न पुगेका मन्त्री बाँस्कोटाले उक्त फेसबुकमा पोस्ट सांसदहरुलाई पढेर सुनाए लगत्तै प्रश्न गरे, ‘हाम्रो सभ्यता र स्वतन्त्रता यही हो ?’
बाँस्कोटाले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था यस्ता विषयमा आकर्षित हुने बताए । प्रतिनिधि सभामा हाल विचाराधिन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधानहरू राखेको छ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुबै सजायको प्रावधान छ। सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदहरूले यो प्रावधानसहित कानुन बनाउनु पर्ने पक्षमा छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ