काठमाडौं : निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए ।
रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको निर्देशक सेन्चुरीले बताए। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन्। सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो । गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

तस्बिर सामाजिक सञ्जालबाट
०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए ।
उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी प्राप्त गरेका थिए। चौधरीलाई नेल लगाएर वीर अस्पतालको बेडमा लडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
रेशमलाई भेटेपछि बाबुरामको प्रश्न गरे : आज सत्तामा बस्नेहरूले गोलघरको यातना कति छिट्टै बिर्सेको ?
चौधरीको खुट्टामा नेल लगाइएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई अस्पतालमै पुगेर भेटेका छन् । बाबुरामले सामाजिक सञ्जालमा तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै रेशमको खुट्टामा १४ किलोको नेल लगाइएको जनाएका छन् । टीकापुर नरसंहारको घटनामा प्रमुख दोषी ठहर गरेर जिल्ला अदालत कैलालीबाट सजाय पाइसकेका रेशमलाई हतकडी र १४ किलोको नेल लाउनु गलत रहेको तर्क बाबुरामले गरेका हुन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’