काठमाडौं : निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए ।
रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको निर्देशक सेन्चुरीले बताए। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन्। सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो । गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

तस्बिर सामाजिक सञ्जालबाट
०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए ।
उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी प्राप्त गरेका थिए। चौधरीलाई नेल लगाएर वीर अस्पतालको बेडमा लडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
रेशमलाई भेटेपछि बाबुरामको प्रश्न गरे : आज सत्तामा बस्नेहरूले गोलघरको यातना कति छिट्टै बिर्सेको ?
चौधरीको खुट्टामा नेल लगाइएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले उनलाई अस्पतालमै पुगेर भेटेका छन् । बाबुरामले सामाजिक सञ्जालमा तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै रेशमको खुट्टामा १४ किलोको नेल लगाइएको जनाएका छन् । टीकापुर नरसंहारको घटनामा प्रमुख दोषी ठहर गरेर जिल्ला अदालत कैलालीबाट सजाय पाइसकेका रेशमलाई हतकडी र १४ किलोको नेल लाउनु गलत रहेको तर्क बाबुरामले गरेका हुन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ