काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सांसदलाई ढाँटेका छन् । गत साताको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्ने क्रममा गुठी व्यवस्थालाई सामन्तवादसँग जोडेका मन्त्री बाँस्कोटाले आफूले त्यसो नभनेको दाबी गरेका छन् । मन्त्री बाँस्कोटाको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि उनले सदनमा आफ्नो बचाउ गरेका हुन् ।
गुठीयारहरुले बाँस्कोटाको अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग गरेपछि मन्त्री बाँस्कोटाले शुक्रबारको संसद बैठकमा त्यस्तो नबोलेको दाबी गरेका हुन्। तथ्यभन्दा बाहिर गएर आफू माथि झुटो आरोप लागेको उनको जिकिर थियो। गत साता उनले भनेका थिए, ‘हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?’ शुक्रबार उनले आफ्नो उक्त बोलीलाई ढाकछोप गर्दै उनको अभिव्यक्ति प्रति आपत्ति गर्ने तिर खनिए।
‘सामान्तवाद’ शब्द बोल्दै नबोलेको दाबी गरेका बाँस्कोटाले पुष्टि गर्न सांसदहरुलाई चुनौती दिँदै भने, ‘आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य कुरा हो।’ गत साता उनले भनेका थिए, ‘सामान्तवादलाई अन्त्य गर्ने कुरा गुठी, बेखारी, हलिया प्रथा, कमलरी प्रथा, यी अनेक प्रथाहरु जसले सामान्तवादको आर्थिक र सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे। त्यसलाई हामीले भत्काइरहेका छौं।’
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले गुठीका प्रर्दशनकारीलाई सामान्तवादी भनेको बारे मन्त्री बाँस्कोटाको जवाफ मागेकी थिइन्। बाँस्कोटाले संग्रौलालाई जवाफ दिँदै भने, ‘सामन्तवादका केही अवशेष समाजमा होलान्। तर, भन्दै नभनेको कुरालाई भन्यो भनेर ह्युमर क्रिएट गरेर त्यसबाट पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला।’
सामान्तवाद भनेको कहिँ पुष्टि भयो भने त्यसै बेला सवालजवाफ गर्ने उनले बताए। उनले भने, ‘तिललाई पहाड बनाउने। नचलेको हावालाई चलाउने, त्यसबाट केही न केही राजनीतिक लाभ हुन्छ भन्ने भ्रम छ। आफूले आँखा चिम्लेर संसारले आँखा चिम्लेको सोच्नु हुँदैन। आफूले चिम्लेको आँखाले आफूले मात्रै अँध्यारो देखिन्छ।’ nepallive.com
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ