काठमाडौं । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाइन ।
साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरिन् । सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ..’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन ।
सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष