नेपालकी सन्तोषी बस्नेतले अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने हार्वर्ड हिरो २०१९ को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली हुन् ।
हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीसँगै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन् । सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् । उनको कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको स्यन्देर्स थियटर हलमा विश्वविद्यालयका प्रेसिडेन्ट लरेन्स एस बकवो ले सबै हार्वर्ड हिरोहरुलाई सम्मान तथा धन्यवाद दिंदै रात्री भोजको आयोजना गरेका थिए । काठमाडौं बत्तीसपुतली निवासी बुबा जनक मान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान उनी सन् २००६ देखि अमेरिकाको बोस्टन सहरलाई कर्मथलो बनाउँदै आएकी छन् ।
सन् २०१३ मा “जोन्सन एंड वेल्स विश्वविद्यालय“ रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्दछिन् । हार्वर्ड पढ्ने सपना पूरा नभएपनि त्यहाँ काम गर्न पाउँदा र उत्कृष्ट कर्मचारी ठहरिंदा असीमित खुशी मिलेको उनले सुनाइन् । ‘सबैको सपनाको विश्वविद्यालय रहेको हार्वर्डले प्रदान गरेको उपाधि पाउनु मेरो लागि मात्र नभएर सबै नेपालीका लागि खुशीको कुरा हो’– उनले भनिन् ।
पढ्नका लागि र अमेरिकामा टिक्नका लागि आफूले गरेको संघर्ष र मिहेनतको फल मिलेको सन्तोषीले सुनाइन् । उनले भनिन्–‘बाहिरबाट हेर्दा र सुन्दा अमेरिकाबारे जुन धारणा बन्छ, त्यो यहाँ आइसकेपछि फरक हुन्छ । यस्तोमा कडा मिहेनत र संघर्ष गर्न नसक्ने व्यक्ति टिक्न सक्दैन । म आफूलाई त्यस अर्थमा भाग्यमानी ठान्दछु ।’
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग, पूर्वअमेरिकी रास्ट्रपति बराक ओबामा, जर्ज बुश देखि राजा विरेन्द्र लगायत संसारका ख्याती प्राप्त व्याक्तिहरुले पठन पाठन गरेको विश्वविद्यालय हार्वर्ड हो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु