पोखरा, ११ असार । संगीतकारमा नाम रहने भएपछि गायक सम्भु राईले गलबन्दी विरुद्ध हालेको मुद्दा फिर्ता लिएका छन । यो बिबादले झन चर्को रुप लिने भएपछि अन्ततः दुई पक्षबीच सहमतीमा यस्तो निर्णय भएको हो । यसो गर्दा दुवै पक्षको विजय हुने देखेपछि सपुतले यस्तो निर्णयमा सहमती जनाएका हुन ।
संयोगवश भाका मिलेकोले भएपनि अवस्था अर्कैतिर मोडिन थालेपछि यस्तो निर्णय गर्न परेको सपुतको तर्क छ । पछिल्लो समय जातिय आधारमा शम्भु राई र प्रकाश सपुतका पक्षधरहरु बाँडिन थालेपछि अवस्था गम्भिर बन्दै गएको थियो ।
संगीत रोयल्टी संकलन समाज सहित अन्य विभिन्न साँगीतिक क्षेत्रका संघसंस्थाहरुको रहोवरमा दुई गायकबीच सहमती भएको हो । सहमतीपछि अब गलबन्दी गीतको संगीतकारमा शम्भु राईको नाम रहनेछ । यद्यपि पुनः संगीतको नाम भने प्रकाश सपुतकै रहनेछ । राईको देउसीभैलो गीत ‘आउ नाचौं साथी हो’ सँग ‘गलबन्दी’ गीत मिलेको बताइएको थियो।
सर्जक सपतुले संयोगवश मिल्न गएको बताइरहेका थिए भने गायक राई चोरिएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए। सहमतिपछि राईले उजुरी फिर्ता लिनेछन् । गीतको प्रतिलिपि अधिकार भने सपुतसँगै रहनेछ। सहमतीअनुसार राईले अब उप्रान्त गलबन्दी गीतको कुनै पनि आर्थिक लाभ लिन पाउनेछैनन ।

सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष