विहिवार एसईई परिक्षाको रिजल्ट सार्वजनिक भएको छ । एसएलसी सिस्टममा प्राप्ताकंको ब्यवस्था थियो भने एसईईमा ग्रेडको सिस्टम लागू भएको छ । अहिले कति नम्बर आयो ? भनेर प्रश्न गर्नुभयो भने त्यसको जवाफ आउँदैन । अहिले ग्रेडिङ सिस्टमले प्राप्ताकं कम आएर विद्यार्थी सिधै फेल हुँदैनन् । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड सी वा सोभन्दा कम नम्बर प्राप्त गर्नेहरुले पूरक परिक्षा दिन पाउँछन् । जसरी एसएलसीको सिस्टममा कम्पाड दिने ब्यवस्था थियो त्यसरी नै ग्रेडवृद्धिको परीक्षा दिन पाउने ब्यवस्था परिक्षा वोर्डले गरेको छ ।

यस वर्ष कक्षा १० को नियमित समूहको साधारण धारतर्फ ४ लाख ४९ हजार ६ सय ४२ जना र प्राविधिक धारतर्फको ९ हजार ६ सय ३३ गरी कुल ४ लाख ५० हजार २७५ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले भनेको छ, ‘नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा २ विषयसम्म सी वा सीभन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षामा सामेल हुन सक्नेछन् ।’
पूरक ग्रेडवृद्धि परीक्षाको तालिका परिक्षा वोर्डले प्रकाशन गर्नेछ । त्यसैगरी अहिले प्राप्त गरेको नतिजामा चित्त नबुझेमा पनि फेरी आवेदन दिन सकिनेछ । सम्बिन्धत परीक्षार्थीले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । यसका लागि प्रतिविषय ५ सय रुपैयाँ शुल्क लाग्ने छ । यसका लागि परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने छ ।
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?