विहिवार एसईई परिक्षाको रिजल्ट सार्वजनिक भएको छ । एसएलसी सिस्टममा प्राप्ताकंको ब्यवस्था थियो भने एसईईमा ग्रेडको सिस्टम लागू भएको छ । अहिले कति नम्बर आयो ? भनेर प्रश्न गर्नुभयो भने त्यसको जवाफ आउँदैन । अहिले ग्रेडिङ सिस्टमले प्राप्ताकं कम आएर विद्यार्थी सिधै फेल हुँदैनन् । उनीहरु ग्रेडिङमा कम हुन सक्छन् । तर, ग्रेड सी वा सोभन्दा कम नम्बर प्राप्त गर्नेहरुले पूरक परिक्षा दिन पाउँछन् । जसरी एसएलसीको सिस्टममा कम्पाड दिने ब्यवस्था थियो त्यसरी नै ग्रेडवृद्धिको परीक्षा दिन पाउने ब्यवस्था परिक्षा वोर्डले गरेको छ ।

यस वर्ष कक्षा १० को नियमित समूहको साधारण धारतर्फ ४ लाख ४९ हजार ६ सय ४२ जना र प्राविधिक धारतर्फको ९ हजार ६ सय ३३ गरी कुल ४ लाख ५० हजार २७५ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयले भनेको छ, ‘नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा २ विषयसम्म सी वा सीभन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीहरुले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षामा सामेल हुन सक्नेछन् ।’
पूरक ग्रेडवृद्धि परीक्षाको तालिका परिक्षा वोर्डले प्रकाशन गर्नेछ । त्यसैगरी अहिले प्राप्त गरेको नतिजामा चित्त नबुझेमा पनि फेरी आवेदन दिन सकिनेछ । सम्बिन्धत परीक्षार्थीले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । यसका लागि प्रतिविषय ५ सय रुपैयाँ शुल्क लाग्ने छ । यसका लागि परीक्षा नियन्त्रण कार्यालय, प्रदेशस्थित शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ