काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पहिल्यैदेखि ठूला राजनीतिक हत्या र प्रतिहत्याका श्रृंखला चलिरहेको भएपनि दोषी पत्ता लाग्न नसकेको प्रसंग उप्काएका छन् ।
शनिवार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता हत्या प्रतिहत्याका दोषीहरू पत्ता लाग्न नसकेको कारणले नेपालका शीर्ष राजनीतिक व्यक्तित्वहरू सधैं सशंकित र भयभित रहेको खुलासा गरेका हुन् ।
‘जनतालाई पनि लाग्छ, मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्ड भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो,’ प्रचण्डले भने, ‘मोटामोटी लागेको आधारमा हामीले कसैलाई आरोपित गर्न पनि सकेका छैनौं । नाम लिएर फलानाले नै हो भन्ने स्थिति छैन । नेपालको इतिहासमा माथिल्लो स्तरमा राजनीतिक हत्या प्रतिहत्याको लामो श्रृंखला छ ।’
आफू पहिलोपल्ट प्रधानमन्त्री बन्दा दरबार हत्याकाण्डको रहस्य उजागर गर्छु भनेर संकल्प गरेको स्मरण गर्दै प्रचण्डले त्यसमा आफू असफल रहेको स्वीकारे । ‘मैले पहिलोपल्ट प्रधानमन्त्री बनेको बेलामा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छोड्छु भनेको थिएँ तर पत्ता लगाउन सकिएन,’ प्रचण्डले प्रश्न गरे, ‘आखिर दोषी पत्ता लगाउन केले रोक्छ ?’
प्रचण्डले राजनीतिक हत्या प्रतिहत्याको श्रृंखला नरोकिएकोमा चिन्ता प्रकट गरे । ‘मदन भण्डारीको त्यो रहस्यमय अवशान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी किन गर्न सकेका छैनौं ?’ प्रचण्डले प्रश्न गरे । प्रचण्डले अहिलेका शीर्ष नेतृत्व पनि त्यसैको शिकार बन्न सक्ने र यो विषय विचारणीय भएको बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ