स्याङ्जा, २४ असार । स्याङ्जाको गल्याङ नगरपालिका ३ स्थित बृहत निःशुल्क योग तथा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा स्वास्थ्य जीवन अभियान कार्यक्रम अन्तर्गत असार २५ गते देखि २७ गते सम्म बृहत निःशुल्क योग शिविर हुने भएको हो ।
मन्त्रालयका कार्यक्रम संयोजक नविन किरण भुसालका अनुसार आजभोलि नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगहरुको कारणले अकालमा मृत्युदर बढिरहेको सन्दर्भमा योग जीवनशैली व्यवस्थापन र आयुर्बेदको माध्यमबाट यस्ता समस्याको न्यूनीकरण गर्न सकिने हुनाले कार्यक्रमको आयोजना गरिएको हो ।
शिविर बिहान ६ बजेदेखि ८ बजे सम्म गल्याङ नगरपालिका ३ स्थित गल्याङ बहुमुखी क्याम्पसको प्राङ्गणमा चल्नेछ । डा योगी विकासानन्दको योग प्रशिक्षण साथै २७ गते बिहान ९ बजे देखि ४ बजे सम्म बिशेषज्ञ आयुर्वेद चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण निःशुल्क औषधि वितरण प्रयोगशाला सेवा सहित विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिने कार्यक्रम छ ।
सम्बन्धित खबर
बिरुवा प्रज्ञा प्रतिष्ठानले बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग