पोखरा । हुन्डाईको इलेक्ट्रिक कार कोना इभी पोखरामा पनि भित्रिएको छ । पोखरामा हुन्डाई कोनाको धमाधम बुकिङ भइरहेको आधिकारिक बिक्रेता एल.आई. मोटर्सका सेल्स एण्ड मार्केटिङ इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए । यसको मूल्य नेपाली बजारमा ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ । नेपाली बजारका लागि ३ वर्षको वारेन्टी र ८ वर्षको ब्याट्री वारेन्टीमा यो कार उपलब्ध छ ।
कोना ईभी हुन्डाईको पहिलो पूर्ण इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो, जसमा क्लोज्ड ग्रिल र अद्भुत वाहिरी डिजाइन छ । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रुपमा सिफ्ट बाई वायर मोडलले गाडी चलाउन सहयोग गर्छ ।
कोना ईभीले १३५ पीएसको पावर दिन्छ र यसका कारण एसयूभीको दरिलोपनको साथ इलेक्ट्रिक पावरट्रेनको पावर प्रदान गर्छ । यसमा ३९.२ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ, जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी दुरी सम्म ड्राइभ गर्न सकिन्छ ।
यसमा टप बटम एलईडी डीआरएल, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्प्स, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक (ईपीबी), प्याडल सिफ्टर, तातो र हावा जाने अगाडिको सिटहरु, वायरलेस चार्जर, ६ एयरब्याग, हिल असिष्ट कन्ट्रोल आदि विशेषताहरु छन् ।
भारतीय बजारमा उपलब्ध कोना इलेक्ट्रिकमा ३९.२ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । यसका साथमा उपलब्ध इलेक्ट्रिक मोटरले १३६ एचपी पावर र ३९५ एनएम पिक टर्क जेनेरेट गर्छ । यसमा इको, इको प्लस, कम्फर्ट र स्पोर्ट गरी चार ड्राइभिङ मोड उपलब्ध छ । कम्पनीका अनुसार यसले ९.७ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।
सो गाडीमा दमदार सेफ्टी फिचर समेत उपलब्ध छ । यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिष्ट, गाइड लाइन्सका साथ रियर क्यामेरा र टायर प्रेसर मोनिटरिङ जस्ता फिचर उपलब्ध छन् ।
हुन्डाई कोना इलेक्ट्रिकलाई एसी लेवल २ चार्जरबाट ६ घण्टा १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जरबाट यसलाई ५७ मिनेटमा ८० प्रतिशत चार्ज हुन सक्छ ।
पोखराको पाँच ठाउँमा चार्जिङ स्टेशन
पोखरामा हुन्डाई कोना भित्रिएसँगै ठाउँ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । हुन्डाई सर्भिस सेन्टर बुद्धचोक, हुन्डाई सर्भिस सेन्टर पस्र्याङ, वाटरफ्रन्ट रिसोर्ट, होटल ग्राण्ड पोखरा, वाराही होटलमा चार्जिङ स्टेसन स्थापना भइसकेको खत्रीले जानकारी दिए ।
हाइवे तथा देशभरका मुख्य शहरमा चार्जिङ स्टेसन स्थापना भइसकेकाले इलेक्ट्रिक कार हुन्डाई कोनाको बिक्री नेपाली बजारमा बृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो