काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् ।अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि हम्जाको मृत्युबारे कुनै टिप्पणी गरेका छैनन् । करिब ३० वर्षका हम्जा आफ्ना बाबु ओसामाको पदचाप पछ्याउँदै अघि बढ्दै आइरहेका थिए । उनलाई अलकायदाभित्र उनका पिताका उत्तराधिकारीका रुपमा समेत हेर्ने गरिएको थियो ।
केही समयअघि मात्रै हम्जाले अरब प्रायद्वीपका जनतालाई विद्रोह गर्न अपिल गर्दै अमेरिकालगायतका देशहरूमा आक्रमण गर्न भनेका थिए । उनले आक्रमण गर्न आग्रह गर्दै भिडियो र अडियो रिपोर्ट नै सार्वजनिक गरेका थिए ।
हम्जाको यस्तो गतिविधिबाट सशंकित बनेको अमेरिकी सरकारले त्यसयता उनीबारे सोधीखोजी थालेको थियो । बसेको स्थानबारे जानकारी दिनेलाई मात्रै १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा अमेरिकाले गरेको थियो ।
हम्जा साउदी अरेबियाका नागरिक हुन् । तर, अमेरिकाले खोजी थालेपछि साउदीले गत मार्चमा उनको नागरिकता खारेज गरिदिएको थियो । हम्जाका बाबु ओसामाको सन् २०११ मा अमेरिकी सेनाको कारबाहीमा परी पाकिस्तानमा मृत्यु भएको थियो । उनको मृत्युपछि अलकायदा कमजोर बन्दै गएको आँकलन गरिन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’