नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो । एक साताअघि सबै पुरानो रेकर्ड तोडेर सुनको मूल्यले साउन १० गते ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिदा नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । ‘अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा असर परेको हो अहिले पुनः अन्तर्राष्ट्रिय द्वन्द्व बढेको छ ।’ अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा सुनको मूल्य बढ्ने गरेको उनले बताए । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ३८ डलर पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि सुनको मूल्य महँगिएको शाक्यले बताए । त्यस्तै उत्तर कोरियाले जापानको समुन्द्रमा पुनः परमाणु खसालेपछि थप द्वन्द्व चर्किने लगानीकर्ताको अनुमान छ ।
अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनमा आकर्षित हुन्छन् । यसले माग बढ्न गई अन्तर्राष्ट्रिय बजारमा मूल्य समेत बढाउँछ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग