काठमाण्डौ । भारतीय राजदूत मन्जिवसिंह पुरीले कस्मिर घटनाबारे नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् । दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन्।
‘उहाँहरूले दिल्ली र काठमाडौंमा कस्मिरबारे आफ्नो सरकारको धारणा हामीलाई भन्नुभएको छ। खासगरी भारत सरकारले के गरेको हो भनेर’, कुनै घटना हुँदा छिमेकीलाई जानकारी गराउनु सामान्य कूटनीतिक परम्परा रहेको पनि उनले बताए। भारतको संविधानमै जम्मु कस्मिरलाई दिएको विशेष अधिकार हटाउने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ।
राष्ट्रपतिले त्यस्तो निर्णय कस्मिरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ। अहिले कस्मिरको विधानसभानै नरहेको अवस्थामा संविधानको भावना विपरित दिल्लीले एकलौटी अधिकार काटेको भन्दै व्यापक विरोध भएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेसले सरकारले संविधानको हत्या गरेको आरोप लगाएको छ।
सो निर्णय गरेदेखि नै कस्मिरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहरभरी कर्फ्यु जारी गरिएको छ। सुरक्षाकर्मीले माइकबाट मानिसलाई घर बाहिर ननिस्कन चेतावनी दिएका छन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर