माइक्रोब्लगिङ साइट ट्वीटर नयाँ इन्टरफेसका साथ प्रयोगकर्तामाझ आएको छ । पहिलेको भन्दा नौलो डिजाइन रहेका कारण यसलाई लिएर प्रयोगकर्ताहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यसबारे सामाजिक सञ्जालमा टिप्पणी पनि भइरहेका छन् । केहीले नयाँ इन्टरफेस मन पराएका छन् भने केहीलाई पुरानै ठिक थियो भन्ने लागिरहेको छ ।
तपाईंलाई पनि ट्वीटरको नयाँ इन्टरफेस प्रयोग गर्न असहज भइरहेको वा पुरानो इन्टरफेस नै ठिक थियो भन्ने लागिरहेको हुनसक्छ । यसका लागि प्रयोगकर्ताले पुरानै इन्टरफेसमा ट्वीटर प्रयोग गर्नसक्ने गरी पनि ट्वीटरले व्यवस्था गरेको छ । आखिर कसरी गर्ने त नयाँलाई पुरानोमा परिवर्तन ?
– सबैभन्दा शुरुमा ट्वीटरमा लग इन गर्नुहोस्
– त्यसपछि टाइमलाइनभन्दा बायाँ साइडमा ‘मोर’ लेखेको अप्सनमा क्लिक गर्नुहोस्
– त्यहाँ धेरै अप्सन देखिनेछन्, सेटिङ एण्ड प्राइभेसी जानुहोस्
– त्यहाँ धेरै अप्सन देखिनेछन्, त्यहाँ ‘अबाउट ट्वीटर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्
– त्यस अप्सनमा क्लिक गरेपछि स्क्रिनको दायाँ साइडमा धेरैवटा अप्सनहरु देखिन्छन्
– त्यसमध्ये ‘डाइरेक्ट्री’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्
अब तपाईंले पुरानो इन्टरफेसको ट्वीटर देख्न सक्नुहुनेछ । त्यसबाहेक ट्वीटरले तेश्रो पक्षका अन्य एक्सटेन्सन वा एप्लिकेशनमार्फत् पनि पुरानै शैलीको ट्वीटर प्रयोग गर्न सकिने जनाएको छ ।
यसका लागि तपाईंले सोही अनुसार तेश्रो पक्षका एक्सटेन्सन वा एप्लिकेशन इन्स्टल गर्नुपर्ने हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु