काठमाडौं – बिजुलीको पैसा नतिरेपछि विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुलीको लाइन काट्ने चेतावनीसहितको पत्र काटेको छ । सचिवालयले तिर्नुपर्ने बक्यौता रकम करोड नाघे पछि कम्पनीले सूचना जारी गरेको छ ।
पटक-पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने सूचना निकालेको हो । इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै खानको सचिवालयको बिजुली काट्ने बताएको हो।
पाकिस्तानका संचारमाध्यम खलिज टाइम्सका अनुसार प्रधानमन्त्री इमरानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल नतिरेको जनाएका छन्। कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ।
बितेका वर्षहरूमा पाकिस्तानमा बिजुलीको पैसा नतिरिने समस्या ठूलो बन्दै गएको छ। गर्मीका महिनाहरूमा १२-१२ घण्टासम्म पाकिस्तानमा लोडसेडिङ् हुने गरेको छ। सन् २०१३ मा अत्यधिक बहुमतले चुनाव जितेको इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेको थियो।
पछिल्लो समय पाकिस्तानको आर्थिक अवस्था खस्किदैं गएको छ र त्यसको असर सबैतीर देखिन थालेको छ। केहीसमय अगाडी प्रधानमन्त्री इमरानले पाकिस्तानसँग पैसा नभएको र राष्ट्रिय ढुकुटी रित्तिएको बताएका थिए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु