हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरमा सोमबार भएको फाइनल खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले न्यू डायमण्डलाई २५-१६,२५-१४ र २५-२० को सोझो सेटमा हराएको हो । आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई र न्यू डायमण्डले गण्डकीलाई हराएको थियो । दुवैलाई समान ३–० को सोझो सेटमा हराएर पुलिस र न्यू डायमण्ड फाइनल प्रवेश गरेका थिए ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगितामा विजेता बनेसँगै पुलिसले रु एक लाख १ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको न्यू डायमण्डले ६५ हजार ५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।
तेस्रो स्थानको लागि सोमबार बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली गण्डकी तेस्रो भएको हो । तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’