काठमाडौं । २०२२ मा कतारमा हुने विश्वकप कप छनौंटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग ७-० गोल अन्तरको लज्जास्पद हार बेहोरोको छ । शनिबार राति कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ० का बिरुद्ध ७ गोललले पराजित गर्न सफल भएकाे हो ।

कुवेतले पुरै खेल आफ्नो कब्जामा राखेको थियो । पहिलो हाफमा २-० गोलका अग्रता बनाएको कुवेतले दास्रो हाफमा ५ गोल थपेको थियो ।
जसमा खेलको छैटौं मिनेटमै कुवेतका युसुफ अल सलमानले पहिलो गोल गरेका थिए भने १३ औं मिनेटमा फाहाद अल हाजेरीले अर्को गोल गरेका थिए । त्यसैगरी खेलको ५० औं मिनेटमा सलमानले अर्को गोल थपे । त्यसको नौं मिनेटपछि अब्दुल्लाह मावीले कुवेतको तर्फबाट अर्को गोल गरेका थिए । यो खेलसँगै कुवेतले ४-० को अग्रता बनाउन सफल भयो ।
६७ औं मिनेटमा बदर अल मतवाले अर्काे गोल गरे । त्यसपछि इन्ज्यूरी समयमा रेदा हानी र हुसेन अल मोसावीले थप एक एक गोल गरेपछि नेपाल ७-० गोलको फराकिलो अंकमा पराजित हुन पुगेको हो । यसअघि यो खेल नेपालमै हुने भनिएतापनि दशरथ रंगशाला पुनर्निर्माण नसकिएकाले गर्दा कुवेतमै खेल्नु पर्ने बाध्यता सिर्जना भएको थियो । फिफा वरीयतामा कुवेत नेपालभन्दा १० माथि रहेको मुलुक हो ।

सम्बन्धित खबर
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
यो पनि पढौँ
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम