गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा – मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् । मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत गर्ने वाचा पुरा नगरेकाले जनता आजित भएपछि घटेको बताइएको छ । घटनामा मेयर जर्ज लुइस एस्क्यान्डन हर्नान्डेजलाई सामान्य चोटपटक मात्र लागेको छ भने घटनामा संलग्न भएको आरोपमा ११ जना पक्राउ परेको पनि जनाइएको छ ।
मेयर एस्क्यान्डनले भने हमलाकारीलाई अपहरण र हत्या प्रयासको मुद्दा चलाउने बताएका छन् । उनीमाथि हमला भेको यो पहिलो पटक भने होइन । यसअघि पनि कृषकहरुले आफ्ना वाचा पूरा गर्न माग गर्दै उनलाई आक्रमण गरेका थिए ।
मेयरलाई बचाउने र स्थिति नियन्त्रण लिने क्रममा प्रहरी र स्थानीयबीच ठुलै झडप परेको थियो जसमा कैयौं स्थानीय घाइते पनि भएका थिए । घटना पछि त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
ब्राजिलमा बाढीका कारण ७५ जनाको मृत्यु, १०३ जना बेपत्ता
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग