पोखरा, ७ पौष / वीरगञ्जको ग्यास उद्योगमा भएको आगलागीपछि कास्की प्रशासनले यहाँ अनुगमन गरेको छ । कास्कीमा रहेका शक्ति ग्यास र गृहलक्ष्मी ग्यास कम्पनीमा सिडिओ कार्यालयको अग्रसरतामा विहीबार अनुगमन गरिएको हो ।
वीरगञ्जको घटनाले झस्काएकाले यहाँ अनुगमन गरिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । पोखराबाट प्रकाशित समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ । पोखराका सबै ग्यास उद्योग सुरक्षित रहेकाे दाबी
अनुगमनमा ग्यास रिफिलिङ गर्ने, सुरक्षित राख्न गरिएको विभिन्न उपायर विपद परिहाले के गर्ने भन्ने विषयमा चासो राखिएको थियो । अनुगमनका बेला दुबै उद्योगमा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सामान्य प्रयोग गरेर समेत त्यहाँका कर्मचारीले देखाएका थिए ।कास्कीका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीको नेतृत्वमा अनुगमन भएको हो । अनुगमनका उद्योगमा पहिले भन्दा अहिले धेरै नै सुधार गरेको पाइएको सहायक प्रजिअ क्षेत्रीले जानकारी दिए । ‘ठ्याक्कै कति सुरक्षित भन्ने विषय प्राविधिक पक्ष रहेपनि सबै हेर्दा सुरक्षित नै पाइयो,’अनुगमन पछि सहायक सिडिओ क्षत्रीले भने ।
शक्ति ग्यास उद्योगका वरिष्ठ प्रबन्धक मेघराज पौडेलले अवश्यक सुरक्षाका उपकरण जडान गरेर पुरै मापदण्ड पूरा गरेको दाबी गरे । उनका अनुसार शक्ति ग्यासमा अत्याधुनिक अमेरिकीकम्प्रेसर ब्ल्याकमेयर फायर प्रुफ मेसिन प्रयोग गरिएको छ । उक्त मेसिनले प्रक्रियामा रहेको ग्यास कतै लिकेज भएमा तत्काल आफै कन्ट्रोल गर्ने हुँदा सुरक्षित रहेको जानकारी दिए । सुरक्षाकै लागि उक्त कम्पनीले विभिन्न केन्द्रमा १७ वटा फायर फाइटर सिलिन्डर तयारी अवस्थामा राखिएको छ ।
३ इन्चको फायर पाइटिङ पाइप मार्फत तत्काल आगलागी नियन्त्रण गर्न मिल्ने प्रविधि जोडिएको छ । त्यसैगरी ३ लाख लिटर क्षेमताको अन्डरग्राउन्डट्यांकीमा पानी राखेर त्यस मार्फत ट्यांकर र भण्डार ट्यांकमा तत्काल पानी खसाल्ने प्रविधि जडान गरिएको छ । ग्यास भर्ने डेनमार्कबाट ल्याइएको अटोमेटिक मेसिन प्रयोग भएका छन् । उक्त मेसिन मार्फत भर्ने क्रममा समेत लिकेज र जोखिम नहुने उनले जानकारी दिए । उक्त मेसिन अहिले शक्ति ग्यास अलावा कोशी ग्यास र बाबा ग्यासले समेत प्रयोगमा ल्याएका छन् ।
गृहलक्ष्मी ग्यास कम्पनी पालिले पनि सुरक्षाका लागि सबै उपाय अपनाएको दाबी गरेको छ । उक्त कम्पनीका सञ्चालक समाज अम्गाईंले आफ्नो कम्पनी पूर्णरुपले सुरक्षित रहेको जानकारी दिए । ‘हामीले सुरक्षाका सबै उपाय अपनाएका छौं,’ उनले भने, ‘वीरगञ्जको घटनाले हामीलाई पनि सोच्न बाध्य बनायो र हाम्रोमा कस्तो छ कतै कमजोरी भएको छ कि भनेर आफै एकपटक चेक समेत गरिसकेका छौं ।’
गृहलक्ष्मीले पनि पानीको प्रबन्ध, फायर फाइटिङ सिलिन्डर सबैको प्रबन्ध आवश्यक अनुसार तयारी अवस्थामै राखेको पाइएको छ । अन्डरग्राउन्ड ट्यांकीमा प्रयाप्त पानी, त्यसलाई ट्यांकर र ट्यांकमा पु¥याउने विधि सबै ठिकठाक राखिएको सञ्चालक अम्गाईंले जानकारी दिए ।
उनका अनुसार उद्योगमा लिकेज सिलिन्डर र तौल तलमाथि भएका सिलिन्डर आफै मेसिनले छुट्टयाउने र पुन जाँच गरिहाल्ने प्रविधि जाडान छ । उक्त कम्पनीले फायर फाइटर सिलिन्डर ९ केजीका २५ स्थानमा तयारी अवस्थामै राखेको छ । त्यसैगरी ५० केजी क्षमताका छुट्टै ३ वटा सिलिन्डर पनि तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा राखेको छ । ९ सय लिटर क्षमताको अन्डरग्राउन्ड ट्यांकीमा पानी भरेर तयारी अवस्था मै छ ।
अनुगमनमा पुगेका नापतौल तथा गुणस्तर कार्यालय कास्कीका प्रमुख मनोजकुमार पोखरेलले बस्ती नजिक भएकाले कुनै घटना भए समस्या आउने तर्फ सचेत बन्नुपर्ने बताए । दुवै कम्पनी सुरुमा विसं २०५२ सालमा स्थापना हुँदा बस्ती थिएन । अहिले उद्योगको वरपर बस्ती बाक्लिएको छ ।
दुबै उद्योगका सञ्चालकले तोकिएको मापदण्ड विपरीतका सिलिन्डर प्रयोगमा नल्याएको दाबी गरे । सबैकुरा परीक्षण गरेमात्र बाहिर पठाइने गरेको शक्ति र गृहलक्ष्मी दुबै कम्पनीको दाबी छ । कोइरालाले अनुगमनमा राम्रो पाइएको बताए । अनुगमनमा गुणस्तर तथा नापतौलका रघुनाथ पौडेल र पत्रकारको समेत सहभागिता थियो ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’