पोखरा । पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवर्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा सांस्कृतिक महोत्सव हुन लागेको । आयोजकले सोमबार पत्रकार सम्मेलनका आयोजना गरेर मंसिरको २५ देखी २९ गते सम्म महोत्सव हुने जानकारी दिएको छ ।
पर्यटकीय हिसाबले महत्वपुर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण चापाकोटको प्रचार प्रसार गर्नका लागि सांस्कृतिक महोत्सव आयोजना गर्ने लागेको चापाकोट पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । उनले महोत्वमा स्थानीय सस्कृती, राष्ट्रिय कलाकारहरुको लोकदोहोरी प्रस्तुती, हास्यकलाकारको प्रस्तुती रहने बताए । त्यसै गरी महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिताले दर्शकको मन तान्ने बताए ।
नौमती बाजा, भजन चुड्का र रत्यौली प्रतियोगितामा पहिलो हुनेले ३०÷३० हजार, दोस्रो हुनेले २०÷ २० हजार, तेस्रो हुनेले १०÷१० हजार र सान्तोना ५÷५ हजार रुपैया प्रदान गरिने उनले बताए । चापाकोट देउराली सामुदायिक होमस्टे पोखरा देखी १३ किलोमिटर दुरीमा रहेको छ । पोखरादेखी फेवाताल किनार हुँदै सवारी साधनद्धारा सजिलै ४५ मिनेटमा पुग्न सकिने महोत्सवका संयोजक घनश्याम पराजुलीले जानकारी दिए । उनले पैदल यात्रा गर्दै करिब २ घण्टा ३० मिनेटमा पुग्न सकिने बताए ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले यस क्षेत्रमा प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक रुपले महोत्वपुर्ण रहेको बताउदै त्यसको प्रचार प्रसारमा महोत्वपुर्ण सहयोगी हुने बताए । प्राकृतिक र सांस्कृतक सम्पदाको संरक्षणमा वडा कार्यालय लागेको बताए । कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले प्राकृतिक र सांस्कृतक रुपमा माथी भएपनि चापाकोट, हर्पन, चैनपुर लगाएका क्षेत्र प्रचार प्रसारको अभावका कारण पछि परेको बताए । उनले चापाकोटबाट माछापुच्छे«, अन्नपूर्ण, धौलागिरी, निलगिरी, हिमाल, फेवाताल, सुर्योदय, पोखरा शहरको सुन्दर दृश्य, झरना देख्न पाइने भएपनि पर्यकटहरु बढाउनका लागि सबै एक जुट भएर अगाडी बढ्नु पर्ने बताए । उनले स्थानीय फलफुललाई प्रबद्र्धन गर्दै पर्यटक भित्राउन पर्ने बताए ।
चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले चापाकोटमा अहिले २५ घरमा होमस्टे सञ्चालनमा आइसेको बताए । उनले २५ घरमा करिब १ सय ५० जनालाई राख्न सकिने बताए । उनले चापाकोटमा करिब ३ सय घर धुरी रहेको भन्दै पर्यटक बढ्दै जादाँ होमस्टेको संख्यापनि थप्दै लैजाने बताए । महोत्सवबाट १५ लाख रुपैया आम्दानी गर्ने र १४ लाख ३० हजार खर्च हुने अनुमान आयोजकको छ ।
करिब ७० हजार बचतबाट भ्यू टावर निमार्ण, सस्कृतीको संरक्षण, झरनाहरुको संरक्षण लगाएतका कामको थालनी गर्ने चापाकोट पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । उनले महोत्सवमा स्थानीय उत्पादनका मात्रै स्टल राखीने बताए । चापाकोटमा पाइने लप्सी, तरुल, दमौरा लागएतका स्थानीय फल सबैलाई खुवाउने उनले बताए । लप्सीको अचार, मह लगाएतका स्थानय उत्पादन मेलामा विक्रि वितरण गर्ने उनले बताए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाउने भएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष