कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

Coronavirus-696×318

कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ ।

अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको थियो । सो परीक्षणको परिणाम सकारात्मक आएको बताइएको छ ।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो । जसमध्ये दुई तिहाईलाई फाइदा पुगेको बताइएको छ ।परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार आएको थियो भने श्वास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो ।

अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भएको प्रतिक्रिया दिएका छन् । तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताए । रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउन केही साता लाग्नेछ । यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण इंग्ल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए ।

सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो ।

गिलियडले बेलायतमा कोरोनाका सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो । त्यसको नेतृत्व संक्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ