कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ ।
अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको थियो । सो परीक्षणको परिणाम सकारात्मक आएको बताइएको छ ।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो । जसमध्ये दुई तिहाईलाई फाइदा पुगेको बताइएको छ ।परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार आएको थियो भने श्वास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो ।
अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भएको प्रतिक्रिया दिएका छन् । तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताए । रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउन केही साता लाग्नेछ । यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण इंग्ल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए ।
सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो ।
गिलियडले बेलायतमा कोरोनाका सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो । त्यसको नेतृत्व संक्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन् ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ