आकर्षक भनेको अनुहारको सौन्दर्यलाई संकेत गरिएको होइन । कुनै कुनै व्यक्ति यस्ता हुन्छन्, जसलाई तपाईं फर्की–फर्की हेर्नुहुन्छ । उनको व्यक्तित्व, शारीरिक हाउभाउ, बोलीबचन सबैकुरा तपाईंलाई गजब लाग्छ । उनीहरुसँग भेटौं, बातचित गरौं भन्ने लाग्छ । अर्थात त्यस्तो व्यक्ति, जसमा एक किसिमको चुम्बकिय आकर्षण हुन्छ । आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ ?
सकारात्मम रवैया
आकर्षक व्यक्तिले आफ्नो जीवनलाई घतलाग्दो बनाएर राख्छन् । यसको अर्थ हो कि, ऊ सधै सकारात्मक र आशावादी हुन्छन् ।
हुन त आफ्नो जीवन खराब अवस्थामा गुज्रिरहेको छ भने बनावटी हुनुपर्छ भन्ने छैन । यद्यपी संभव भएसम्म सकारात्मक हुने, उत्साहित हुने प्रयास गर्नुपर्छ । यसले तपाईप्रति अरुको धारणा सकारात्मक बन्छ । तपाइमा जुन उत्साह देखिन्छ, त्यसले अरुलाई खुसी तुल्याउँछ ।
आकर्षक व्यक्तिले कहिलेपनि गलत आशा राख्दैन । तपाई जति धेरै राम्रो आकंक्षा राख्नुहुन्छ, तपाइको लागि त्यती नै राम्रो हुन्छ । उनीहरु कठिन परिस्थितीमा पनि आशावादी दृष्टि राखेर बाँच्छन् । अरुको सहयोग गर्छन् ।
दयालु र इमान्दार
उनीहरु दयालु हुन्छन् । इमान्दार पनि । छलकपट गर्ने, धूत्र्याइ गर्ने प्रवृत्ति हुँदैन । यसले गर्दा पनि उनीहरु आकर्षक देखिन्छन् ।
खुसी
उनीहरु खुसी देखिन्छन् । सधै सकारात्मक, उत्साहित र उर्जावान देखिन्छन् । त्यही कारण पनि उनीहरु आकर्षक लाग्छन् ।
उत्सुक एवं जिज्ञासु
उनीहरु संसारका हरेक कुरा जान्नका लागि इच्छुक रहन्छन् । यसको सुरुवात आफ्ना पिताको काखमा बसेकै बेला हुन्छ, जब उसले आफ्नो आँखा अगाडि कुनै बस्तु देख्छ, त्यसबारे जान्ने चाहना राख्छ ।
आकर्षक व्यवहार
आकर्षक व्यक्ति उदार हृदय र आत्माको धनी हुन्छन् । सबैसँग प्रेम गर्छन् एवं दयाभाव प्रकट गर्छन् । अन्य व्यक्तिप्रति सहानुभूति राख्छन् । चाहे आफ्नो आमा होस्, वा साथी होस् वा त अपरिचित व्यक्ति नै किन नहोस् ।
कहिले पनि अशिष्ट देखिदैनन्, चाहे जतिसुकै खराब मुडमा किन नहोस् । आकर्षक व्यक्ति पूर्ण रुपमा आफ्नो जिन्दगीको आनन्द लिन्छन् । सबैप्रति प्रेमपूर्वक व्यवहार गर्छन् ।
थोर–बहुत हाँसीमजाक पनि
उनीहरु सधै गंभिर वा होशियार मात्र देखिदैनन् । बेलामौकामा हाँसीमजाक गर्न पनि खप्पिस हुन्छन् । केही न केही गरेर अरुलाई हँसाउने, रमाइलो गराउने स्वभावका हुन्छन् ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी