अभिनेता राजेश हमाललाई भातृ शोक परेको छ। उनका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो। कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थि
यो। राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। उनको शव नेपाल ल्याउने विषयमा छलफल भइरहको पारिवारिक स्रोतले जनाएको छ। प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएका उनको त्यहाँस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमा नै छन्। उनीहरुका तीन दिदीबहिनी छन् ।
अन्य क्षेत्रमा रहेका राकेश र राजेश हमालबीच करिब डेढ वर्षको उमेर अन्तर रहेको जनाइएको छ । नेपाली सिनेमा, समाजसेवा तथा राजनीतिमा पनि क्रियाशील राकेश सबैतिर लोकप्रिय थिए । अपांगता व्यक्तिहरूका लागि त उनी आदर्श व्यक्ति नै थिए ।
आफ्नो प्यारो भाइ राकेशलाई अहिले नै गुमाउनुको पीडा राजेशले सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले बाल्यकालका दाजुभाइका तस्बिर सेयर गर्दै लेखेका छन्, ‘गुड बाई डियर काकु । मे यु अलवेज फाइन्ड पिस ।’ अर्थात् अलविदा प्रिय काकु । सधैं तिम्रो आत्माले शान्ति पाओस् । राकेशको निक नेम काकु हो । उनलाई पारिवारिक रूपमा सबैले बोलाउने नाम नै काकु रहेको बताइन्छ ।
https://www.facebook.com/rajesh.hamal.5872682/posts/2685446251670215
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन