गण्डकी प्रदेशमा थप ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङजा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा १९ जना संक्रमित थपिएका हुन्।
बाग्लुङमा ९, तनहँमा ३, स्याङ्जामा १२, पर्वतमा १ र नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४ वर्षीय बालक रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका-१५ का संक्रमित २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन्। त्यस्तै पोखरा महानगरपालिका-१९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्वतमा नेपाल प्रहरीमा कार्यरत छन्।
उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा २ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ।
पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालका नर्स र बिरामी सहित थप १९ जनामा कोरोना पुष्टि
सम्बन्धित खबर
पोखराबाट पर्वतको सेतीवेणी हुँदै गुल्मीको रिडीसम्म ५६ किमि सडक ट्रयाक खुल्यो
पोखरा जोड्ने राजमार्गको बिजोग: हिलो र धुलोले सास्ती
पोखरामा पर्यटकलाई राम्रो होटल मिलाइदिने भन्दै बार्गेनिङ गर्नेहरू पक्राउ
ट्राफिक नियम पालना गर्न झन्झट नमानौं: मुख्यमन्त्री अधिकारी
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग