शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। मन्त्रालयले ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७’ जारी गर्दै विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख गरेको छ।
कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नु पर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नु पर्नेछ। विद्यायलय र स्थानीय तहले असोज मसान्तसम्म सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरी समेटिने गरी प्रतिघरधुरी एउटा सीमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सीमकार्डको फोन नम्बर संकलन गर्न समेत निर्देशन दिइएको छ।
त्यसैगरी स्थानीय तहले विषयत शिक्षकको रोष्टर विकास गरी दिइएका नमूना सामाग्री समेतलाई आधार मानी थप सिकाई सामाग्री विकास गर्ने, प्रविधिमा पहुँच नपुगेका समूहले पाउने सुनिश्चित गरी विकसीत सामाग्री छपाई र वितरण गर्ने र विद्यालयले यस्ता सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्ने र सिकाईमा सहजीकरण गर्न निर्देशन दिइएको छ।
यसको समन्वय, अनुगमन तथा मुल्यांकन तीन तहको सरकारले गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ।
असोज दोस्रो सातासम्म शूल्क पुनरावलोकन
निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजनाले उल्लेख गरेको छ।
मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ।
विद्यालयहरूले आगामी एक हप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’