शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। मन्त्रालयले ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७’ जारी गर्दै विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख गरेको छ।
कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नु पर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नु पर्नेछ। विद्यायलय र स्थानीय तहले असोज मसान्तसम्म सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरी समेटिने गरी प्रतिघरधुरी एउटा सीमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सीमकार्डको फोन नम्बर संकलन गर्न समेत निर्देशन दिइएको छ।
त्यसैगरी स्थानीय तहले विषयत शिक्षकको रोष्टर विकास गरी दिइएका नमूना सामाग्री समेतलाई आधार मानी थप सिकाई सामाग्री विकास गर्ने, प्रविधिमा पहुँच नपुगेका समूहले पाउने सुनिश्चित गरी विकसीत सामाग्री छपाई र वितरण गर्ने र विद्यालयले यस्ता सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्ने र सिकाईमा सहजीकरण गर्न निर्देशन दिइएको छ।
यसको समन्वय, अनुगमन तथा मुल्यांकन तीन तहको सरकारले गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ।
असोज दोस्रो सातासम्म शूल्क पुनरावलोकन
निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजनाले उल्लेख गरेको छ।
मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ।
विद्यालयहरूले आगामी एक हप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा