सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको भनेर ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गरे ।
बुधबार सन्दर्भ ब्याजदार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताए ।
गत वर्ष सहकारी संस्थाहरुले अधिकतम् १६ प्रतिशतमात्रै कर्जामा ब्याजदर लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकेको थियो । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको भन्दै यो पनि लागू हुने बताए ।
गत वर्ष दुई वटा सहकारी संस्थाहरु कारबाहीको भागेदार भएको भन्दै रजिष्ट्रार पाण्डेले यदि कुनै सहकारी संस्थाले तोकिएको भन्दा बढी ब्याजदर लिए कारबाही गरिने बताए ।
‘म तपाईहरुलाई ठोकुवाका साथ भन्छु, कुनै सहकारीले सन्भर्द ब्याजदर कार्यान्वयन नगरेको भए नाम भन्नुस्’ उनले भने, ‘हामी कारबाही गर्छौ, त्यत्तिकै कार्यान्वयन भएन भन्न मिलेन ।’
पाण्डेले अब विभागले सहकारी संस्थाहरुको अनमुगनलाई पनि तीव्रता दिने बताए । चाँडै उनले टोली गठन गरेर फिल्डमा नै पठाएर अनुगमन गरिने बताए । तोकिएभन्दा बढी ब्याज लिने कुनै पनि सहकारीलाई कारबाही गर्नेमा शंका नगर्न रजिष्ट्रारको आग्रह छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष