क्षेत्रीय प्रशासकका रुपमा दिनेश थपलिया यस क्षेत्रमा चिनिए, थपलियाबारे साँघु न्युजले गर्यो यस्तो खुलासा …

क्षेत्रीय प्रशासकका रुपमा दिनेश थपलिया यस क्षेत्रमा चिनिए, थपलियाबारे साँघु न्युजले गर्यो यस्तो खुलासा …

dinesh-kumar-thapaliya

काठमाडौं । विगतमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई साथ र सहयोग गर्ने वाम पृष्ठभूमिका सचिवहरु केपी शर्मा ओली प्रधानमन्त्री भएपछि क्रान्तिकारी देखिन ‘कमरेड’ भन्दै नेताहरुको चाकरीमा धाउन थालिसकेको खबर छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया वाम पृष्ठभूमिका भनेर चिनिन्छन् । तर उनले प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि पनि कांग्रेस नेतृत्व खासगरी विजय गच्छदारलाई सहयोग गरेर आफ्नो स्वार्थपूर्ति गर्न कुनै कसर बा“की राखेनन् ।

वाम गठबन्धनले बहुमत ल्याइसकेपछि उनले कांगे्रेसलाई फाइदा पुग्नेगरी ६०१ पूर्व सांसदहरुलाई सांसद विकास कोषको रकम दिने निर्णय गर्न सहयोग गरे । सचिव थपलियाले करीब १० अर्ब रुपैया“ पूर्वसांसदलाई दिने कांग्रेस नेता गच्छदारलाई सहयोग र साथ दिएका थिए । पूर्वसांसदलाई समेत सांसद विकास कोषको बजेट दिनुपर्ने प्रस्ताव तयार गर्ने तिनै सचिव थपलिया अहिले वाम नेतहरुकोमा सा“खुल्ले बन्दै मुख्यसचिव लोकदर्शन रेग्मीको कुरा लगाउन पुग्ने गरेको थाहा भएको छ ।

वाम समर्थक भन्ने तर विगतमा पर्यटन मन्त्री आनन्द पोखरेल र संचार मन्त्री शेरधन राईलाई असफल बनाउने काम सचिव थपलियाले गरेको एमाले पंक्तिले बिर्सन सकेका छैनन् । सचिव थपलियाले प्रेस चौतारी र प्रेस युनियनलाई जत्तिकै चन्दा प्रोडक्सनलाई संचार मन्त्रालयबाट अनुदान दिएको बिषय पनि विवादमा परेको थियो ।

शेरधन राई हुन्जेल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति नगरी उनी सरकारबाट बिदा भएपछि आरजु देउवाको निर्देशनअनुसार कामिनी राजभण्डारीलाई प्रबन्ध निर्देशक नियुक्ति गरेका थिए । कामिनीलाई प्रबन्ध निर्देशक बनाउने क्रममा सचिव थपलियाले ५ खोका लिएको चर्चा अद्यापि टेलिकमका उच्च कर्मचारीहरु गर्दछन् ।

त्यतिमात्र होइन, चुनावमा पराजित भएपछि गच्छदार र थपलियाले दसौं करोड कमिसन खानका लागि ७ सय ४४ स्थानीय तहका लागि ८ सय ३१ गाडी खरिद गर्ने निर्णय गरेका थिए । तर अर्थ मन्त्रालयको असहमतिका कारण गाडी खरिद गरी कमिसन खाने उनीहरुको सपना पूरा हुन पाएन ।

गच्छदार र थपलियाको जोडीले हरेक नगरपालिकामा दुईवटा र हरेक गाउँ पालिकमा कम्तीमा १/१ वटा गाडी मन्त्रालयबाटै उपलब्ध गराउनका लागि थप ८ सय ३१ गाडी खरिद गर्न अर्थ मन्त्रालयसंग ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वजेट स्वीकृतिका लागि प्रस्ताव पठाएका थिए ।

गच्छदार र कमल थापा जस्ता भ्रष्ट मन्त्रीसंग मिलेर अकूत सम्पत्ति आर्जन गरेका दिनेश थपलिया कम्बल ओढेर घ्यू खाने सचिवका रुपमा चिनिन्छन् । उनी काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा सहायक कार्यकारी अधिकृत झम्क ढकालसंग मिलेर पीएल सिंहका पालाको ठेकेदारहरुको २५ करोड भुक्तानी दिएको बिषयले अहिले पनि स्थानीयमा चर्चा पाउने गरेको छ ।

केशव स्थापित र शिवभक्त शर्माजस्ताले समेत दिन आँट नगरेको ठेकेदारको भुक्तानी दिएर झम्क ढकालले मात्र त्यतिबेला काठमाडौंमा स्वीमीङ पुलसहितको बंगला खरिद गरेको चर्चा चलेको थियो भने कार्यकारी अधिकृत थपलियाले कति खाए होलान् ? कामै नगरी बिलमात्र पेश गरेका कारण पीएलले रोकेको उक्त भुक्तानीको चर्चा अहिले पनि कर्मचारीहरु गर्ने गर्दछन् ।

शिवभक्त शर्मालाई ठेकेदारहरुले २५ करोड भुक्तानी दिए आधा रकम दिने प्रस्ताव गरेपछि उनी निकै लागे तर जिल्ला प्राविधिक कार्यालय काठमाडौका त्यतिबेलाका प्रमुखले नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिएका कारण उनले सकेनन् । तर त्यो भुक्तानी थपलिया कार्यकारी अधिकृत हुँदा दिइएको महानगर स्रोत बताउछ । थपलियाले काठमाडौं महानगरपालिकामा नातेदार समेत भर्ति गरेका थिए ।

यसैबीच, संचार मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि जानेबेलामा मोहनबहादुर बस्नेतका सबै निर्णय सदर गरेका छन् । उनी आफूलाई माओवादी अध्यक्ष प्रचण्ड निकट भन्ने गर्दछन् । तर, उनले पनि काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा कुचो किन्दा समेत कमिसन खाएको समाचार प्रकाशित भएको थियो ।
(साघु साप्ताहिक, २०७४ फागुन १४ गते)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ