काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै सरेको छ । दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने तय भएको बैठक बालुवाटारमा सरेको छ । १३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको ७० औँ बैठक धुम्बाराहीमा बस्ने बताएका थिए।
महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीमा बैठक बस्न नसक्ने सन्देश कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुर्याएका थिए । तर, प्रचण्डले सबैको सहमतिमा बैठक बस्ने तय भएकाले ठाउँ फेर्न नहुने अडान लिएका थिए ।
त्यसपछि ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै महासचिव पौडेलमार्फत फेरि बैठक सार्नका लागि प्रस्ताव गरेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सुरक्षा थ्रेट आएको बताएपछि प्रचण्डले बालुवाटारमा बैठक बस्न सहमति जनाएको स्रोतको भनार्इ छ ।
एक सचिवालय सदस्यले भने, ‘आफ्नै पार्टी बैठकको सुरक्षा समेत दिन नसक्ने कुराले सरकारको हैसियतमा प्रश्न उठेको छ । राजधानी काठमाडौंमै सरकारले केही व्यक्तिको पनि सुरक्षा दिन नसक्ने कुराले सरकार पूर्णरुपमा असफल भएको सन्देश गएको छ । यो राम्रो भएन ।’
आजको सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। कात्तिक २८ को सचिवालयमा पेस गरिएको प्रस्तावमा प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाएका थिए। ती आरोपको खण्डन गर्दै ओलीले गत शनिवार ३८ पृष्ठको प्रस्ताव सचिवालयमा पेस गरे। ओलीले प्रस्तावमा उल्लेख गरेको आरोपको फेरि आज प्रचण्डले जवाफ दिने बताइएको छ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर