नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले अझैपनि धेरै निहुँ खोजे प्रदेश र स्थानिय तहपनि खारेज हुनसक्ने चेतावनी दिएका छन् । युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको ओली समूहको बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले भने – ‘अझै निहुँ खोजिरहे नयाँ जनादेशका लागि प्रधानमन्त्रीले थप कदमपनि चाल्न सक्नुहुन्छ ।’
उनले भने, ‘हामी सबै तहको फ्रेस म्याण्डेट लिन तयार छौं, त्यस्तो निर्णयपनि हुनसक्छ ।’ उनले आगामी चुनावमा आफूहरुले गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्र मध्ये सबै क्षेत्र जित्ने दाबी गरे । ‘दुई संगठन मिलेर १६ वटा निर्वाचन क्षेत्र जितेपनि अबको चुनावमो सबै जित्छौं’–उनले भने ।
प्रचण्ड र माधव नेपाललाई अझै नेता मान्न सकिने बताए । उनले भने,‘हामी अझै तपाईंहरुलाई नेता मान्छौं, तर सुध्रिनुस् ।’ उनले विदेशी शक्तिको आडमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध आन्दोलन भइरहेको बताए । नेपालबाट भारतीय लगाएत विदेशी शक्तिलाई हटाउने छौं ।’ उनले भने ।
ओली पक्षीय नेता अधिकारीले संसद पुर्नस्थापनाको कुनै गुञ्जायस नभएको दाबी गरे । संविधान अनुसारै दुई तिहाई जनमत प्राप्त प्रधानमन्त्रीले फ्रेस म्याण्डेट लिनका लागि चुनावमा गएकाले अब संसद पुर्नस्थापनाको निर्णय नहुने उनको भनाई थियो । उनले अविस्वासको प्रस्ताव दर्ता गर्नका लागि सभामुखले किर्ते गरेकोसमेत आरोप लगाए । अपराह्न ३ः३० बजे दर्ता भएको प्रस्तावलाई पूर्वाह्न १०ः३० नै दर्ता भएको भनेर सभामुखले हस्ताक्षर गरेर किर्ते गर्न खोजेको उनको आरोप थियो ।
मुलुकमा प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा नै मध्यावधि चुनाव हुने र कसैले पनि चुनावलाई रोक्न नसक्ने भन्दै नेता अधिकारीले युवाहरुलाई चुनावको तयारीका लागि जुट्न आह्वान गरेका छन् ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
निजी अस्पतालहरूले भन्योः १० प्रतिशत निःशुल्क सेवा दिन सक्दैनौँ
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला