चालु आर्थिक वर्ष २०७७-७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत कायम हुने अनुमान विश्व बैंकले गरेको छ । सरकारले ७ प्रतिशत वृद्धिदर हुने दाबी गरिरहेको बेला विश्व बैंकले भने एक प्रतिशतभन्दा तल आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले दोहोर्याएर नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने भनेको हो । कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्ने क्रममा लकडाउन लागू परेपछि मुलुकको समग्र अर्थतन्त्र, उद्योग व्यवसायमा नराम्रो असर परेकाका न्यून आर्थिक वृद्धिदर हुने देखिएको छ ।
कोरोना भाइरस महामारीबीच विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट २०२१ मा नेपालको आर्थिक वृद्धिदर गएको आर्थिक वर्ष ९२०७६ र ७७० मा ०.२ रहेको र चालु आर्थिक बर्षमा केही सुधार आउने अनुमान गरेको छ । विश्व बैंकको संशोधित प्रक्षेपणमा नेपाल सरकारले दाबी गरेजस्तो आर्थिक नहुने भन्दै ऋणात्मक अवस्थामा भने नजाने भनिएको छ । विश्व बैंकका अनुसार यस बर्ष दक्षिण एसियामा कोरोनाको सबैभन्दा धेरै प्रभाव भारतमा पर्ने अनुमान गरेको छ ।
समग्रमा दक्षिण एसियाको आर्थिक वृद्धि ६.५ प्रतिशतले बढ्ने अनुमान गरेको विश्व बैंकले भारत र बंगलादेशको आर्थिक वृद्धिदर भने नकारात्म रहने प्रक्षेपण पनि गरेको छ । कोरोना कहरकै बीच पनि दक्षिण एसियाकै माल्दिभ्सको आर्थिक वृद्धिदर ९.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । यस वर्ष भारतको ९.६ प्रतिशतले नकारात्मक रहने अनुमान गरेको छ । त्यस्तै, बंगलादेशको वृद्धिदर ०.७ प्रतिशतले नकारात्मक रहने अनुमान छ । बाँकी देशको भने सकारात्मक रहने अनुमान छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु