आइपिएल लिलामीको मिति र स्थान तोकियो

आइपिएल लिलामीको मिति र स्थान तोकियो

ipl

इण्डियन प्रिमियर लिगको लिलामीको मिति र स्थान तोकिएको छ । १४ औं सिजनको लागि मिनी अक्सन १८ फेब्रुअरीमा चेन्नइमा हुनेछ । आइपिएल व्यवस्थापनले सामाजिक संजालमार्फत यसको पुष्टि गरेको हो ।

यो सिजनको आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ । भारतमा आयोजना गर्न नसकिने अवस्थामा दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ ।

यसपटक आइपिएलका ८ फ्रेन्चाइजीहरुले कूल ५७ खेलाडी रिलिज गरेका छन् । राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथ र किंग्स ११ पंजाबले ग्लेन म्याक्सवेललाई रिलिज गरेका छन् ।

लिलामीमा यी खेलाडीमाथि महंगो मूल्य लगाइन सक्छ । रोयल च्यालेन्जर्स बैंगलोरले १०, पंजाबले ९, राजस्थानले ८, मुम्बइले ७, चेन्नइ, कोलकाता र दिल्लीले ६–६ र हैदराबादले ५ खेलाडी रिलिज गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds