नेपालले वर्षौँदेखि मागिरहेको नयाँ हवाई प्रवेश बिन्दु दिन भारत तयार नहुँदा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै हुन नसक्ने जोखिम बढ्दै गएको छ । नेपाल र भारतबीच सन् २०१४ देखि पटक–पटक हवाई रुटको विषयमा छलफल हुँदै आएको छ ।
तर, हालसम्म पनि नयाँ हवाई रुटको विषय टुंगो नलाग्दा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमै समस्या हुने देखिएको हो । ‘दुवै विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले अहिले प्राविधिक र कूटनीतिक दुवैतर्फबाट रुट प्रयोग गर्ने सहमतिको पहल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।
यता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि राज्यको मुआब्जा र विमानस्थल निर्माणमा ३० अर्बभन्दा बढी खर्च हुँदैछ । विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सरकारले दुवै विमानस्थल आगामी वैशाख–जेठदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर, हवाई प्रवेश बिन्दुको विषयमा भारतसँग हालसम्म पनि सहमति हुन सकेको छैन । हवाई प्रवेश बिन्दुको विषय टुंगो नलागेसम्म विमानस्थल सञ्चालनमा समस्या आउने निश्चित छ ।
सन् २०१८ को सेप्टेम्बरमै जनकपुर, विराटनगर र भैरहवाको तीनवटा रुट दिने विषयमा भारतीय पक्षसँग सैद्धान्तिक सहमति भएको थियो । तर, हालसम्म प्राविधिक विषयमा सहमति हुन सकेको छैन ।
नयाँ पत्रिका दैनिकबाट
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला