काठमाण्डौ – नेपाल आयाल निगमले पछिल्लो तीन सातामा तीन पटक पेट्रोलियम पदार्थमा मूल्य बढाइसकेको छ । जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । यद्यपि अझै पनि निगमले पाक्षिकरुपमा १ अर्ब ३२ करोड घाटा रहेको दावी गर्दै आएको छ ।
पेट्रोलियम पदार्थको मूल्य सस्तो होला भन्ने आशामा रहेकाहरुका लागि झट्का लागेको छ । पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा अझै बढ्ने देखिएको छ ।
तेल उत्पादक देशहरुको समूह ओपेक तथा सहयोगी अन्य देशहरुले उत्पादनमा गर्ने कटौती आगामी अप्रिलसम्म कायमै राख्ने बताएका छन् । उत्पादन कम हुँदा माग बढेको र यसले मूल्य बढाएको छ ।
ओपेक तथा उसका सहयोगी देशले तेल उत्पादनमा तेल उत्पादनमा गरिएको कटौती कायमै राख्ने निर्णय गरेका छन् । जबकी फ्युल डिमान्ड प्रि–कोभिडको अवस्थामा पुगेको छ । जसका कारण बजारमा कच्चा तेलको मूल्य बढेर गएको छ ।
उक्त निर्णयसँगै ब्रेन्ट क्रुडको मूल्य बिहीबार ४.२ प्रतिशत अर्थात् २.६७ रुपैयाँले बढेर ६६.४७ डलरमा पुगेको छ । यसअघि सन् २०२० को जनवरीमा यो मूल्य ६७.७५ डलर प्रति ब्यारेलको स्तरमा पुगेको थियो । अमेरिकी बजारमा बिहीबार कच्चा तेलको मूल्य ५.६ प्रतिशतले बढेर ६४.७० डलर प्रति ब्यारेल पुगेको छ ।
साउदी अरबको अगुवाइमा ओपेकका देश तथा रुसको नेतृत्वमा सहयोगी देशहरुले अनलाइन बैठकमार्फत् उत्पादनमा कटौतीलाई जारी राख्ने निर्णय गरेका हुन् ।
विश्वका सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरबमा दैनिक १० लाख ब्यारेल कटौती कम्तीमा पनि अप्रिलसम्म जारी राख्नेछ । यद्यपि रुस तथा काजकिस्तानले तेलको उत्पादन थोरै भए पनि बढाउन सक्नेछन् ।
गत महिना इन्भेस्ष्टमेन्ट बैंक गोल्डम्यान सैसले कच्चा तेलको मूल्य बढ्ने अनुमान गरेको थियो । जस अनुसार यो वर्ष जुलाई महिनासम्म कच्चा तेलको खपत कोरोनाभन्दा अगाडिको अवस्थामा पुग्नेछ । यस्तो अवस्थामा कच्चा तेलको मूल्य १० डलर प्रति ब्यारेल बढ्न सक्ने देखिएको छ ।
हाल नेपालमा पट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ कायम गरिएको छ । यसअघि ११४ र ११२ रुपैयाँ थियो । त्यसैगरी डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ छ भने हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले बढाएर हाल आन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ भने प्रतिलिटर २५ रुपैयाँ बढाएर ८९३ रुपैयाँ कायम गरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु