काठमाण्डौ -अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ । आइतबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल आज (मार्च) ६९.२२ डलर पुगेको छ । १५ दिन अगाडि यस्तो मूल्य ६२.४६ डलर थियो । यो अवधिमा मात्रै मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको देखिएको हो ।
नेपालमा पछिल्लोपटक फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजना भएको थियो । १५/१५ दिनमा मूल्य बढाउने व्यवस्था अनुसार मंगलबार भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाउँछ । सोही सूचीलाई आधार बनाएर नेपाल आयल निगमले नयाँ मूल्य तोक्ने गर्छ ।
यद्यपि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दा १५ दिनमा पेट्रोल, डिजेल, मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ भन्दा बढी मूल्य बढाउन पाइँदैन । अन्तराष्ट्रिय बजारमा १० प्रतिशत मूल्य बढाइएको अवस्थामा यो प्रणाली अनुसार मूल्य बढाउने हो भने घाटा झनै बढ्ने निगमले जनाएको छ ।
एकैचोटी उच्च मूल्यवृद्धिको संकेत
सरकारदेखि नेपाल आयल निगमसम्मले एकैचोटी ठूलो मूल्यवृद्धि हुनसक्ने संकेत गरिसकेका छन् । अघिल्लो साता आयल निगमको कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले मूल्य बढाएरै भए पनि निगम घाटामा जान नहुने भन्दै उच्च मूल्यवृद्धि गर्न निगम सञ्चालक समितिलाई अनुमति दिने संकेत गरेका थिए ।
उता निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा निगमको कुनै पनि भूमिका नरहने भन्दै निगम घाटामा जान नहुने बताएका थिए । उनले अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य बढाउनुपर्ने भन्दै घाटा धान्नसक्ने अवस्था नभएको भन्दै सोही अनुसार मूल्य निर्धारण हुनसक्ने सकेत गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु