पोखरा — कास्की जिल्ला बालकल्याण समितिले २५ दिने बालकलाई संरक्षक तोकेर जिम्मा लगायो । बच्चा हातमा लिनेबित्तिकै उनले काखमा लिइन् । उनको उज्यालिएको मुहारले जिन्दगीमै खुसीको अनुभव भएको प्रष्ट देखिन्थ्यो । सन्तान नहुँदाको पीडा सोमबारबाटै हटेको थियो ।
२५ दिने बालक दृश्य देखेझैँ र बोलेको सुनेर बुझेझैँ चुपचाप थिए । ‘आहा कति राम्रो बाबू । अब म राम्रोसँग पाल्छु मेरो छोरालाई ।’ ललितपुरकी सुजीता अमात्यले भन्दै थिईन्, ‘अबदेखि सन्तान भएनन् । छैन भन्ने दिन गए ।’ नीजी संस्थामा काम गर्दै आएकी उनी अब ‘रिटायर्ड’ भएर बच्चाको पालनपोषणमै केन्द्रीत हुने बताईन् । कान्तिपुरका लागि लालप्रसाद शर्माले लेखेका छन् ।
ललितपुर महानगरपालिकाको तापहिटीका राजितबहादुर श्रेष्ठ र सुजीताले बिहे गरेको १५ वर्ष भयो । तर जायजन्म भएन । रजित सरकारी र सुजीता प्राईभेट जागिरे हुन । तर, सन्तान अभावमा उनीहरू निकै तड्पिएका थिए । कसैको बच्चा पाए पनि लगेर पाल्ने योजना उनीहरूको थियो । यसैक्रममा कसैले पोखरामा एक बेवारिस बच्चा छ भनेर सुनाईदियो । थाहा पाउने बित्तिकै उनीहरू कास्की जिल्ला वालकल्याण समितिमा आए । बुझ्दा गत बच्चा फागुन ११ मा जन्मिएको थाहा पाए । दुईदिन अघिमात्रै बच्चाको अभिभावकत्व (संरक्षक) हुने भन्दै निवेदन दिए ।
महिला तथा बालबालिका कार्यालयले श्रेष्ठको तीनपुस्तेसहित हाल कार्यरत र तलबसमेतको कागजात माग्यो । उनले बुझाए । ‘सबै कुरा बुझ्दा बालकलाई सन्तानको रुपमा स्विकार्दै अभिभावकत्व अर्थात् संरक्षकत्व दिएर पालनपोषण र शिक्षा दिक्षा दिनसक्ने हैसियत देखियो,’ जिल्ला वालकल्याण अधिकारी तथा प्रमुख महिला विकास अधिकृत लक्ष्मीदेवी जिसीले भनिन्, ‘एउटा बेवारिस बच्चाले बाबुआमा पाएको छ । यो खुशीको कुरा हो ।’ जिसीले बालकलाई श्रेष्ठ दम्पत्तीको जिम्मा लगाएकी थिईन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा बेवारिस भेटिएका बालकलाई यहीको कोपिला नेपाल नामक संस्थाले संरक्षण दिदै आएको थियो । संस्थामा राख्दा समस्या हुने भएपछि समितिले श्रेष्ठ दम्पत्तीलाई संरक्षक तोकेर जिम्मा लगाएको हो । ‘बालबालिका सम्बन्धि ऐन २०४८ बमोजिम अन्य व्यवस्था नभएसम्मका लागि संरक्षक तोकिएको हो,’ केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ती बद्री वाग्लेले भने, ‘बालकको हकहितलगायत उच्चतम् हितलाई ध्यान दिई पालनपोषण तथा उचित शिक्षा र स्वास्थ्योपचार गर्नुपर्ने शर्त छ ।’
प्रत्येक चैत मसान्तमा बालकको शिक्षादिक्षालगायत विवरण बालकल्याण समितिमा पेश गर्नुपर्ने र अनुगमनका क्रममा शर्तविपरीत काम गरेको पाइएमा संरक्षकबाट हटाएर बालकको अरु विकल्प खोजिने उनले बताए । श्रेष्ठ त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका उपप्राध्यापक हुन् । सुजीताले राम्रेसँग हेरचाह र पालनपोषण गर्ने भन्दै जिन्दगीमै खुसी र रमाईलो लागेको बताईन । श्रेष्ठ दम्पत्ती सोमबारै ‘छोरा’ लाई लिएर घर फर्किएका छन् ।

सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ